काठमाण्डौं– राष्ट्रिय योजना आयोगले अबको नेपाल कस्तो भन्ने परिकल्पनाका साथ आवधिक योजना बनाउने गर्छ ।
यो वर्ष १४ तिन वर्षिय योजना सकिदै छ । योजना आयोगले आगमि २५ वर्षको दीर्घकालिन सोच सहितको पन्ध्रौं योजनाको मस्यौदा तयार पारेको छ ।
योजना आयोगले तयार पारेको मस्यौदामा आयोगका पूर्व उपाध्यक्ष सहित सासंद तथा विषयगत विज्ञहरुले मस्यौदामा कुनै नयाँ कुरा नभएको बताएका छन् ।
विषय अनुसार समुहतग छलफल पछि योजना आयोग ‘नयाँ कुरा केहि नपाउँदा कतै अलमलमा परेको हो की ?’ भन्ने प्रश्न उठेको बताएका छन् ।
छलफलका क्रममा योजना आयोगका मस्यौदा तयार पार्दा युवाहरुको सहभागिता नभएको देखिएको बताएका छन् । उनिहरुले युवा संगको छलफल पछि मात्र अन्तिम योजना पास गर्न भनेका छन् ।
मस्यौदामा कुनै पनि कुराले उत्साहा नल्याएको भन्दै केही नयाँ कुरा ल्याउन आयोगलाई सुझाव दिए ।
जवाफमा योजाना आयोगका उपाध्यक्ष डा. पुष्प कडेलले ठुला ठुला कुरा योजनामा ल्याएर मात्र नहुने बताएका छन् । जुन कुरा कार्यन्यन गर्न सम्भव हुन्छ ती कुरा समाबेश गर्ने बताएका छन् ।
योजना आयोगका पूर्व उपाध्यक्ष सहित संसद तथा विषय विज्ञहरुले आयोगलाई दिएका सुझावहरुः
FACEBOOK COMMENTS