काठमाडौँ — माघ १७। युवानी र सौम्याले ‘मिस नेपाल जुनियर’, ‘लिटिल मिस नेपाल जुनियर’ को उपाधी हात पार्दा सहर्ष र चिराग बने ‘मास्टर नेपाल जुनियर’ र ‘लिटिल मास्टर नेपाल जुनियर’ जिजिबिसा स्टुडियोको आयोजनामा राजधानीको कमलपोखरीस्थित रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरमा ‘मिस नेपाल जुनियर २०२०’, ‘लिटिल मिस नेपाल जुनियर २०२०’, ‘मास्टर नेपाल जुनियर २०२०’ र ‘लिटिल मास्टर नेपाल जुनियर २०२०’ सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । ‘मिस नेपाल जुनियर २०२०’ को शिर्ष ताज युवानी लिम्बूले हात पर्दा ‘लिटिल मिस नेपाल जुनियर २०२०’ को शिर्ष उपाधी सौम्या कार्कीले हात पारिन । त्यसैगरी ‘मास्टर नेपाल जुनियर २०२०’ को ताज सहर्ष प्रधानले पहिरिदै गर्दा ‘लिटिल मास्टर नेपाल जुनियर २०२०’को उपाधी चिराग आचार्यले हात पारे। विजेताले प्रतियोगिताको उपाधिसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन् । उक्त कार्यक्रमको निर्णायक मण्डलमा रुश्का श्रेष्ठ, अक्षय जंग रायमाझी, शाश्वत कार्की, सोफिया भुजेल, मनिशा डंगोल, आश्रा कुँवर रहनु भएको थियो । प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने प्रतियोगिताका कोरियोग्राफर सुशान्त काजी श्रेष्ठले बताए ।
FACEBOOK COMMENTS