काठमाडौँ, आश्विन २५ – यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले साँघुरो जित निकालेको छ । लिगको तेस्रो चरणको खेलमा स्पेनले स्विट्जरल्यान्डमाथि १-० को साँघुरो जित निकालेको हो ।
शनिबार राति स्पेनको घरेलु मैदानमा भएको खेलमा स्पेनलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल ओयर जाबालले गरेका हुन् । अल्फ्रेडो डी स्टेफानो स्टेडियममा ओयरले पहिलो हाफमा नै गोल गर्दै स्पेनललाई संघर्षपूर्ण जित दिलाएका हुन् ।
खेलको १४औं मिनेटमा ओयरले मिकेल मेरिनोको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । स्विट्जरल्याण्डका गोलरक्षक यान सोम्मेरको गल्तीको फाइदा उठाउँदै मोरेनोले उपलव्ध गराएको पासलाई ओयरले गोलमा परिणत गरेका थिए ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै थप गोल हुँदा नसक्दा खेल स्पेन आफ्नो पक्षमा पारेको हो । यस जितसँगै लिग ‘ए’को चौथो समूहमा रहेको स्पेनले ३ खेलबाट ७ अंक जोडेको छ । पराजित स्विट्जरल्यान्डले भने समान तीन खेलमा एक खेलमा जित र दुई खेलमा हारसहित एक अंक जोडेको छ ।
FACEBOOK COMMENTS