काठमाण्डौँ — सीमावर्ती रक्सौलस्थित भारतीय आयल निगम (आईओसी) बाट नेपाल आयात हुने इन्धनमा पानी र लेदो फेला परेको छ ।
पेट्रोल पम्प व्यवसायीको गुनासोमा स्थानीय प्रशासनले मङ्गलवार रक्सौल डिपोबाट पेट्रोल र डिजेल लोड गरी भित्रिएका ट्यांकर चेकजाँच गर्दा पेट्रोलियम पदार्थसँगै पानी र लेदो भेटिएको हो ।
नेपालमा प्रयोग हुने कुल इन्धनको करिब ६० प्रतिशत यही नाकाबाट भित्रिने गरेको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले नेपाल आयल निगमको वीरगन्ज कार्यालय अगाडि डिजेल र पेट्रोल बोकेको ट्यांकर चेकजाँच गरेको थियो।
मङ्गलवार अपरान्हसम्म रक्सौल डिपोबाट डिजेल बोकेका २१ र पेट्रोलका १० ट्यांकर गाडी आएका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले परस्पर वार्तापछि थप खुलासा हुने बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS