काठमाडौं, १३ श्रावण- यूवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित “कस्तो भाइरस आयो.. ?”नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतमा संगीत तथा स्वर भर्ने काम राम कुमार बस्नेतको गरेका छन् भने रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको म्यूजिक भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यू–ट्युव च्यानल “फुलारा इन्टरटेनमेन्ट नेटवर्क” बाट सार्वजनिक गरिएको छ ।
उक्त म्युजिक भिडियोमा चर्चित कलाकारहरु सुरविर पण्डित(दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय,ज्ञान खत्रीको मूख्य भुमिका रहेको छ भने अन्य कलाकारहरु ठण्ड बहादुर अधिकारी,योग गुरु सुदन भेटवाल, हेमाङ्ग राज गिरी र भीष्मराज फुलारा समेतको अभिनय देख्न सकिन्छ । लिगेस भट्टराईको निर्देशन तथा सम्पादन निर्मित उक्त म्यूजिक भिडियोको छायांकन बिरेन्द्र भट्टले गरेका हुन् भने श्रृगांर उर्मिला लामाको रहेको छ । त्यसै गरी व्यवस्थापन पक्षको सबै जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका हुन भने स्वराङ्कन गणेश सुवेदीले गरेका हुन् ।
FACEBOOK COMMENTS