काठमाडौं, असोज ५ – नेपाल फोटो पत्रकार महासंघलाई ऐतिहासिक धरहरा निर्माण गरिरहेको रमन कन्सट्रक्सन प्रालीले २ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । उक्त परिणामको प्रेस ज्याकेट पूर्व अर्थमन्त्री रामशरण महतको उपस्थितीमा कन्सट्रक्सनका प्रमुख कार्यकारि अधिकृत रमन महतोले काठमाडौंमा बिहीबार अनौपचारिक कार्यक्रमका बीच महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आलेलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा संक्षिप्त भनाई राख्दै पूर्व अर्थमन्त्री महतले देश विकासमा संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले संचार श्रेत्रको ब्यवसायिक विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । धरहरा निर्माणको प्रसंग उठाउदै उनले आफू अर्थमन्त्री रहदा धरहरा पुनर्निर्माणका लागि नेपाल दुरसञ्चार संथानको विल भुत्तानीमा ग्राहकबाट एक प्रतिशत धरहरा निर्माणको लागि रकम जुटाउन शुरु गरेको बताए ।
कन्सट्रक्सनका प्रमुख कार्यकारि अधिकृत महतोले फोटोपत्रकारहरुको योगदानको प्रसंसा गर्दै महासंघसंग सहाकार्य गर्न पाउदा खुसी ब्यक्त गरे । उनले धरहरा निर्माणको प्रसंगमा धरहरा निर्मणको जिम्मा पाउनु हाम्रो पुस्ताकै लागि एउटा सुखद् अवसर भएको बताए ।
कोरोना महामारीका कारण जारि लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानैपर्ने फोटोपत्रकारको पेशागत दायित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संस्थाहरु मार्फत सहयोग जुटाउने पहल गरेको हो । महासंघले जिल्ला तथा प्रदेशबाट माग भईआएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनीटाइजरहरु कार्यक्षेत्रमा सक्रिय फोटोपत्रकारहरुलाई उपलब्ध गराईरहेको छ ।
कार्यक्रममा कन्सट्रक्सनका बजार ब्यवस्थापक सन्तोष न्यौपाने।, महासंघका केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ तथा काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित थिए ।
FACEBOOK COMMENTS