काठमाडौं, माघ ५ -सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सफाई दिएको हो ।
जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।
रातोपाटी संवाददाता
न्यायाधीश रावलले पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने र कँडेलको कुनै संलग्नता नदेखिएको भन्दै सफाई दिएको हो । गत साउन ३१ गते लामिछाने र कँडेललाई प्रहरीले पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए ।
त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
FACEBOOK COMMENTS