काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न लागेको छ ।
१११ मेगावाटको रसुवागढी आयोजनाको निर्माण गरिरहेको कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासनका लागि रसुवागढीले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेकोमा यसलाई स्थगन गरेर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।
बोर्डले स्वीकृति दिएमा पहिलो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७३ हजार कित्ता आईपीओ निष्कासन हुने छ । त्यसपछि आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन हुने छ ।

यसअघि कम्पनीले पहिलो र दोस्रो गरी १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

हालसम्म आयोजनाको ७० प्रतिशत काम सकिएको कम्पनीको दाबी छ ।