काठमाण्डौँ — करिब तीन अर्ब रुपैयाँ राजस्व नबुझाउने दूरसञ्चार कम्पनीहरू माथि संसदको अर्थ समितिले अध्ययन सुरु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयसँग बक्यौताको विवरण माग गर्दै अध्ययन सुरु गरेको हो ।
समितिले दुवै मन्त्रालयलाई पत्र पठाएर सात दिनभित्र बक्यौतासम्बन्धी विवरण पेस गर्न भनेको छ ।
दूरसञ्चार सेवा प्रदायकहरूले तिर्नुपर्ने रोयल्टी, आयकरलगायतका करहरू समयमा भुक्तानी गरे नगरेको, नगरेको भए कम्पनीहरूको बक्यौता रकम र अवधिसम्बन्धी विस्तृत विवरण सात दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराउनु,’ समितिले पठाएको पत्रमा भनिएको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालले दूरसञ्चार कम्पनीबाट सरकारले प्राप्त गर्नुपर्ने बक्यौता नउठेको विषयमा बृहत् छलफल गर्न विवरण माग गरेको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS