काठमाडौं, १९ जेठ -स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले जनप्रेमी राजा वीरेन्द्रलाई गुमाउनु पर्दा अधिकांश जनताको मन अझै पनि बिझाईरहेको बताएको छ । स्वर्गिय राजा वीरेन्द्रको स्मृति दिवसको सन्ध्यामा प्रतिष्ठानले राजा वीरेन्द्र सहित दिवंगत भएका राजपरिवार सदस्य प्रति श्रद्धा सुमन अर्पण गर्दै मृतात्माको चीर शान्तिको कामना गरेको छ । प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालद्वारा जारी वक्तब्यमा भनिएको छ ‘आज अर्थात जेठ १९ गते नेपाली ईतिहासको कालो दिन हो । नचाहदा नचाहदै पनि यस दिनलाई संझन हामी बाध्य छौं । किनकी, २०५८ साल जेठ १९ गते घटेको नारायणहिटी हत्या काण्डले सारा नेपाली जनको आशाका केन्द्रका रुपमा रहेका तत्कालीन जनप्रेमी राजा वीरेन्द्र सहित रानी ऐश्वर्य र शाही परिवारको सदस्यको विनास भएको थियो । उक्त कहाली लाग्दो घटना घटेको पनि आज अठार वर्ष पुरा भएको छ । यद्यपी त्यस घटनाबाट सिर्जित आलो घाऊ अर्थात जनप्रेमी राजा वीरेन्द्रलाई गुमाउनु पर्दा अधिकांश जनताको मन अझै पनि बिझाईरहेको भान हुन्छ ।’
उन्नाईस बर्ष अघि आजैको दिनमा तत्कालिन राजा वीरेन्द्रको वंश नाश हुने गरि नारायणहिटी दरबार भित्र संहार भएको थियो ।