उज्वलजंग शाह
काठमाडौं- देशमा राष्ट्रियताको खडेरी परेको बेलामा अधिकांश नेपालीलाई बृद्ध राजाले युवाहरुमा राष्ट्रियता जगाउन खोजेको आभाष हुँदैछ । नेपालीमा अहिले यौटा चल्तीको बोली छ -ढिलो आयो तर कडा आयो । तर यसलार्य ढिलो र कडा भन्दा पनि समयको मागसँग अन्तर संबन्धित विषयका रुपमा हेर्न वान्छनिय हुनेछ ।
यहाँ आफूले गर्ने गल्तीको दोष अरुलाई थोपरेर, गाली गरेर ‘मपाई’ सिद्ध गर्न उद्यत बन्नेको ठुलै जमात छ । फलानो नेताले यो विगार्यो, ढिस्कानोले देश बेच्यो तर ति प्रत्येक क्रियामा कतै हामी आफै पनि अप्रत्यक्ष रुपमा संलग्न भैरहेको त छैनौ भन्नेमा सचेतता अपनाउन सक्दैनौ । नेताका अगाडि आफ्ना बिचार, सोच, संकल्प अझ भनौ ‘आईडियोलोजी’ सबै त्याग्छौ । वास्तवमा स्वच्छन्द मनबाट स्वत स्फुर्त उब्जने आईडियोलोजीलाई विवेक सम्मत ढंगले प्रयोगमा ल्याउन नसक्दा हामीले आफ्नो अस्तित्वलाई बुझ्न नसकेको स्पष्ट हुन्छ नै । नेताका अगाडि गरुणको छाया परे जस्तै हामी ओईलाउछौ र हामीले उनीहरुको मतियार बन्दै फगतमा दासत्व स्विकार्छौ । हामी उल्लु बनिरहेको भेउ पनि पाउदैनौ वा हाम्रो स्वार्थ पुर्ती हुन्छ र भाग मिल्छ भने हामी हरेक कुरामा सौदा गर्छौ । यो तितो यथार्थता हामी धेरैमा लागु हुन्छ । यदि केही भाग आफुसम्म पनि आईपुग्छ भने ति सबै कुरा जायज लाग्न थाल्छ । फरक विचारको सम्मान गर्न, अलग धारलाई स्पेश दिन, राम्रा कामको समर्थन गर्न पनि हामी हिच्किचाउँछौ । आखिर यो धक के का लागि ? वस्तुत हाम्रो मनोविज्ञान नै दोषपूर्ण भएन र ? यसर्थ, आफ्नो ब्यक्तिगत स्वार्थमा प्रेरित रहनु नै हाम्रो कमजोरी बनेको छ । सत्ता र शक्तिको पछि कुदनु हाम्रो लक्ष्य बन्दैछ । जागिर खान, जागिर लगाउन, रवाफ देखाउन, सरुवा, बढुवा, पैसा कमाउन, काम लिन आदी इत्यादी स्वार्थपुर्ती गर्न सत्ता र शक्तिको फेरो समात्न हामी आफ्नो विवेकलाई बन्धक राख्न तयार छौ ।
‘फलानो नेताले यो विगार्यो, ढिस्कानोले देश बेच्यो तर ति प्रत्येक क्रियामा कतै हामी आफै पनि अप्रत्यक्ष रुपमा संलग्न भैरहेको त छैनौ भन्नेमा सचेतता अपनाउन सक्दैनौ । नेताका अगाडि आफ्ना बिचार, सोच, संकल्प अझ भनौ ‘आईडियोलोजी’ सबै त्याग्छौ । वास्तवमा स्वच्छन्द मनबाट स्वत स्फुर्त उब्जने आर्इडियोलोजीलाई विवेक सम्मत ढंगले प्रयोगमा ल्याउन नसक्दा हामीले आफ्नो अस्तित्वलाई बुझ्न नसकेको स्पष्ट हुन्छ नै ।’
तर त्यही जमातमा एउटा यस्तो अलग नागरिक नेपालमा छ, जो विन्दास शैलीमा जीवन जिउँदै छ । ति स्वार्थीहरुको भिडबाट आफूलाई अलग राख्ने मान्छे अरु कोही नभई पूर्व राजा ज्ञानेन्द्र शाह हुन । दाईको मृत्यु पछि राजा बनेका ज्ञानेन्द्र गद्दी च्यूत मात्र भएनन् कि राजसंस्था नै खारेज भयो । नारायणहिटी दरबारबाट ज्ञानेन्द्र र राजपरिवारका सदस्यलाई निकाला गरियो । छोरो पारसको हर्कत होस् वा आफू माथि दलका नेताले गर्ने कटाक्ष उनमा कुनै पर्वाह छैन । सतिसाल झै पिडालाई दवाउदै आफ्नै संसारमा डुबुल्की मार्दै ज्ञानेन्द्रले अद्भुतको चरित्र निभाउदै आएका छन् । यत्रो भयंकरको बज्रपात सहदै गर्दा पनि उनको भाव भङीमा कुनै बदलावको छनक नपाईनु उदेक लाग्दो छ ।
हो, उनलाई पुर्व राजा भनियो तर कसैले बुझेनन् वा बुझ्न चाहेनन् कि राजा प्रेमको शब्द हो । आमाले छोरा छोरीलाई च्यापेर हृदयदेखि पुकार लगाउछिन -मेरो राजा । अनि घर घरमा श्रीमतिले आफनो श्रीमानलाई माया गरेर मुटुमा राखेर बोलाउने शब्द बनेको छ राजा । यस कारण राजा नपुर्व हुन्छ न धनि न गरिब । राजा मन मस्तीक र हृदयमा बस्छ । त्यसैले यस शब्द जति आत्मिय छ, त्यासँगै यसको ओज निकै गर्विलो पनि छ ।
सायद, ज्ञानेन्द्रले भिषण भन्दा भिषण परिस्थीतिको सामना गर्दै गर्दा पनि पनि अन्तत यहि सन्देश दिन खोजिरहेको प्रतित हुन्छ । राजतन्त्र भएका मुलुकका शासकहरुले कयौ पटक आफनो मुलुकमा बस्न आग्रह गरे तर ज्ञनेन्द्र डेग हल्लिएनन् । उनले नेपाल छाडदै छाडेनन् । थाईल्याडको राजाले त तपाईको ज्याननै धरापमा छ भनेर समेत आग्रह गरे तर मान्दै मानेनन् ज्ञानेन्द्र । आफु जन्मेकै धर्तिमा नै आफनो शरिर बिसर्जन गर्ने अड्डि कसिरहे । ज्ञानेन्द्र बुद्धले झै साधना गर्दै गए । उसमाथि दाई मार्यो भनेर आरोप लगाउनेहरु नै जनताको सामुन्ने लज्जित हुने दिन आए । बृद्ध अवस्थाका ज्ञानेद्र भने युवा युवाहरुमा राष्ट्रियता जगाउने रातो र चन्द्र सुर्यमा नाच्ने युवाहरुलाई हौसाउन पुगेनन् मात्र आफै पनि कम्मर मर्काउन पछि परेनन । जोश निकाली निकाली नाच्न तयार ज्ञानेन्द्र युवाहरुको ढुक्ढुकीको राजा बने । उनको भुमिका पक्कै फेरिएको छ । अहिले देशको शासन हेर्न पर्दैन तर पार्टीका नेताले आट गर्न नसक्ने काममा उनले जाँगर देखाए । सायद समयको पदचापलाई पछ्याउदै परिवर्तनका संवाहक युवा शक्तिको नाडी छाम्न पो उनी वहलिए कि ? न निस्फिक्रीको जीवन जिउने लालसाले उनी हौसिए, त्यो उनै जानुन । तर त्यो उनको अधिकार भित्रको कुरा हो । युवा वर्गलाई देश देखि वाक्क लागेर विदेशिई रहेको वेला यि बृद्धले त्यो रोक्न हैसियत सायद बोक्छन कि, त्यो गर्भमै छ । दरबार, पावर र पैसा भनेको सिमित समयको लागि हो भन्ने भेद उनको ठाँटबाट अनुमान लाउन सकिन्छ । पैसा त ज्ञानेन्द्रसँग धेर थोर पुग्दो नै छ । पावर नहुँदा पनि उनी चर्चामा नै छन् । आखिर उनीसँग बाँकी रहेको भनेको राजा शब्द हो, जसको अगाडि पूर्व झुण्डिएर आउने गर्दछ ।
ज्ञानेन्द्र बुद्धले झै साधना गर्दै गए । उसमाथि दाई मार्यो भनेर आरोप लगाउनेहरु नै जनताको सामुन्ने लज्जित हुने दिन आए । बृद्ध अवस्थाका ज्ञानेद्र भने युवा युवाहरुमा राष्ट्रियता जगाउने रातो र चन्द्र सुर्यमा नाच्ने युवाहरुलाई हौसाउन पुगेनन् मात्र आफै पनि कम्मर मर्काउन पछि परेनन ।’
धेरैलाइ थाहा नहुन सक्छ महाकवि देवकोटा यो देशको सामान्त धनि ब्यक्तिमा पर्थे । तर पनि दैन्दनी गुजारा चलाउन उनलाई हम्मे हम्मे पर्यो । यस्तो किन भयो भने जब उनमा देश प्रतिको माया जाग्यो, जब मानवताको बुझाईले गाँज्यो अनि उनमा आफ्नो र अरुको दुस्ख सरोवर बन्न थाल्यो । त्यसैले उनमा दानी आदत नै बस्यो । उनले पैसा पानिमा लगेर बगाई दिए अनि सृजना गरे सुनका थैला हातका मैला के गर्नु धनले ।
यसैले हामीले पनि मनन् गरौ उपल्लो दर्जामा बसेर सरकार हाक्नेले पनि मनन् गरुन कि सत्ता र शक्ति सधैं नरहन सक्छ । गद्धीबाट ज्ञानेन्द्रको बहिर्गमन पस्चात एउटा निस्फिक्रीको जीवन जीउन ज्ञानेन्द्रले देखाएको लालसाबाट केही सिकौ । युवाहरुलाई पनि मौका दिउ, किनकी सत्ता, कुर्ची, शक्ति र पैसा फगत चिज हुन । त्यसैले लुछाचुडी र भागवण्डाको लागि मरिहत्ते नगरौं । हाम्रा होईन, राम्रालाई अवसर दिउन । गाली होइन ताली प्रिय हो, त्यसैले एक चोटी सबैले राष्ट्रियता र राष्ट्रका लागि नेपालका लागि मर्न तयार हौं । नेपालको झन्डा बोक्ने ज्ञानेन्द्रलाई पनि अपमान होईन सम्मान गरौं । आगे यहाँहरुको मर्जी ।
FACEBOOK COMMENTS