काठमाडौँ, मंसिर २७ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयकाे आज बसेको बैठकले पुस ४ मा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ।
अध्यक्ष कमल थापाले साे बैठक काठमाडाैंमा हुने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।
थापाका अनुसार उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रमलगायतका विषयमा छलफल हुनेछ।
FACEBOOK COMMENTS