रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा बहुला कुकुरको आतङ्क बढेको छ । आज मात्रै बहुला कुकुरले १४ जनालाई टोकेकाे छ ।
रेबिज रोग लागेको आशंका गरिएको कुकुरले टोकेका १४ जनामध्ये ४ जनालाई उपचारको लागि काठमाण्डौ पठाइएको छ भने अन्य १० जनाको मन्थलीको तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।
यसअघि रेबिज रोग लागेको कुकुरले घरपालुवा पशुलाई टोक्दा ७ वटा पशु मरेका थिए । अहिले पनि मन्थली नगरपालिका क्षेत्रभित्र २२ वटा पशुहरुलाई रेबिज विरुद्धको खोप दिइरहेको मन्थली नगरपालिका पशु स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS