काठमाडौं, जेठ २४ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा व्यवस्था गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर मात्रै सबैले २५ लाख रुपैयाँ ऋण नपाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले ‘बजेट कार्यान्वयनः चुनौती र समाधान’ का विषयमा सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले सो विषयमा प्रष्ट पारेका हुन् ।
‘शैक्षिक कर्जाको लागि सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख रुपैयाँ ऋण पाइने होइन,’ उनले भने, ‘यसका लागि भरपर्दो व्यावसायिक योजना आवश्यक हुन्छ । त्यस्तो योजना भएमा त्यसको अध्ययन गरेर मात्रै आवश्यक रकम दिने सकिन्छ ।’
राम्रो व्यावसायिक योजनासहित आवेदन पेश गरेर उद्यमशीलता दर्शाउन सक्नेहरुलाई एक प्रतिशत ब्याजदरमा प्रमाणपत्र परियोजना राखेर ऋण दिन भने कुनै समस्या नहुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS