काठमाडौं, चैत २५- नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पदभार ग्रहण गरेका छन् । राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले आज राष्ट्र बैंकमा गएर पदभार ग्रहण गरेका हुन् ।
सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा उनले प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
पदभार ग्रहणअघि अधिकारीले राष्ट्र बैंकमा आयोजित विशेष कार्यक्रममा बैंकका कर्मचारीहरुलाई सम्बोधन गरेका थिए ।
राष्ट्र बैंकमा यसअघि ३० वर्ष काम गरेर अधिकारीले अबको ५ वर्ष गभर्नरको रुपमा राष्ट्र बैंकको नेतृत्व गर्नेछन् ।
FACEBOOK COMMENTS