काठमाडौं, वैशाख २९ – नेपाल राष्ट्र बैंकले इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) सञ्चालनसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो । यो व्यवस्था परिवर्तनसँगै अब शुक्रबार मध्यान्ह १२ बजेसम्म बैंकमा जम्मा गरेको चेक त्यसै दिन क्लियरिङ हुने भएको छ ।
त्यस्तै शुक्रबारको सन्ध्याकालीन काउण्टरमा जम्मा भएको चेकको पैसा पनि आइतबारसम्म प्राप्त हुने भएको छ । राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देश्नसँगै अब बिहीबार साँझ एक बैंकबाट अर्को बैंकमा पठाइएका चेकहरु शुक्रबार पनि जम्मा हुने छन् । राष्ट्र बैंकको भुक्तानी प्रणाली व्यवस्थापन विभागले सोमबार यस्तो निर्देशन जारी गरेको हो ।
अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ र १२ः३० बजे नियमित क्लियरिङ सत्र सञ्चालन गर्नुपर्ने निर्देशन राष्ट्र बैंकले बैंकहरूलाई दिएको छ । यसअघि शुक्रबार चेक क्लियरिङ नहुने अवस्था थियो ।
FACEBOOK COMMENTS