काठमाडौं, माघ २८ – नेकपाकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको कामकारबाही प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कोठाको एसिस्टेन्ट’ जस्तो भएको टिप्पणी गरेकी छन्।प्रचण्ड-माधव पक्षले प्रतिनिधि सभा विघटनका विरुद्धमा गरेको विरोध सभामा झाँक्रीकले यस्तो बताएकी हुन्।
‘कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्ट जस्तै मन्त्री परिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति छन्। यो हाम्रो लडाइँले ल्याएको संस्था शिरमाथि छ। संस्थाका विरुद्ध बोलेको छैन। कोही त्यो पदमा रहेर निरंकुशता साक्षी बस्छ भने बोल्न पाइन्छ।’
माथि प्रश्न उठाउँदा नारी अस्मितामाथि प्रश्न उठाएको अर्थ नलाग्ने बताएकी छिन्। राष्ट्रपति पदको कुनै लिंग नहुने बताउँदै त्यो पदमा रहेर गरिएका गल्तीको आलोचना गर्न पाइने उनको भनाइ छ।
आफ्नो अधिकांश समय राष्ट्रपति भण्डारीका विषयमा यसअघि आफैंले दिएको अभिव्यक्तिको स्पष्टीरणमा बिताएकी उनले भनिन्, ‘मेरो राष्ट्रपति संस्थाप्रति सम्मान छ। त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएको कुनै व्यक्ति विरुद्ध बोल्न पाइन्छ। ऊ निरंकुशताको साक्षी बस्छ भने बोल्न पाइन्छ।’
राष्ट्रपति भण्डारीलाई खलपात्रको संज्ञा दिएकी उनले थपिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसल भन्छ? महिला अस्मितामाथि प्रश्न उठ्यो, तानाशाह बन्दै गरेको एउटा अहंकारी, कसैलाई नमान्ने, सबै कुराको सर्वज्ञानी अंहकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिको विरुद्ध बोल्न पाइन्छ।’
उनले राष्ट्रपति भण्डारीका कर्मका विषयमा कुरा उठाउँदा नारी अस्मितालाई जोडेर आफूविरुद्ध लाग्नेहरु भागरथी भट्टको बलात्कारीलाई कारबाही गर्ने विषयमा नबोलेको बताइन्।उनको प्रश्न छ, ‘१८ वर्षसम्म विद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको एउटा अनेम संघ भन्ने संस्था छ। त्यसका सदस्यले महिला अस्मिताको गफ गर्दैछन्। मलाई सुन्न, हेर्न र समाचारहरुमा पढ्न मन छ, ‘भागरथीहरूका हत्याराहरुलाई कारबाही गर’ भनेर गृह मन्त्रालय पुगे कि पुगेनन्?’
उनले नेपाली नागरिक सार्वभौम भएको बताउँदै उनले भनिन्, ‘यो हामीले ल्याएको व्यवस्था हो। आज दरबारमा जस्तो रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए? दुनियाँलाई थाहा छ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको र उनको अन्त्य घोषणा गर्न बाँकी रहेको बताइन्। तानाशाहले आफ्नो कदलाई घटाउँदै गएर राज्यको सम्पत्तिको दोहन गर्दै अग्ला-अग्ला प्रतिमा र बुख्याँचा बनाइरहेको उल्लेख गरिन्।
FACEBOOK COMMENTS