काठमाडौं, जेठ १५ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएकी छन् ।
अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएका हुन् । अमेरिकाले विभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरेको हो ।
अमेरिकासँग ५० लाख खोप खरिदको प्रक्रिया अगाडि बढेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार जानकारी दिएका थिए ।
FACEBOOK COMMENTS