काठमाण्डौं– राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर चीनको राजकीय भ्रमणमा जाने भएकी छन्।
उनको भ्रमणका लागि पराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्सको जहाज चार्टर गर्ने निर्णय गरिएको हो।
राष्ट्रपतिको भ्रमण मण्डलका सबै टोली उक्त जहाजमा जाने छन्। एयरलाइन्स अपरेशन विभाग स्रोतका अनुसार राष्ट्रपतिको भ्रमणका क्रममा एयरलाइन्सको न्यारो वडी जहाज प्रयोग हुनेछ। जहाज वैशाख ११ गते विहान ११ बजे काठमाडौंबाट उड्ने छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्सको जहाज प्रयोग गरेका थिए ।
प्रधानमन्त्रीले नेपाल एयरलाइन्सलाई बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो।
FACEBOOK COMMENTS