काठमाडौं, बैशाख २१ – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार अपरान्ह ४ बजेका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्।
राष्ट्रपतिले मन्त्रिपरिषदले आज गरेको सिफारिसमा वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।
नेपालको संविधानको धारा -३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदको अधिवेशन सुरु हुनेछ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
FACEBOOK COMMENTS