काठमाडौं, कार्तिक २२- राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा ३४ कर्मचारीको माग गरेको छ ।
कम्पनीको रिक्त रहेका नायव व्यवस्थापकदेखि सहायक ‘ख’ (पशु प्राविधिक) सम्मको पदमा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो ।
कम्पनी सूचना प्रकशित भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्ममा दरखास्त दिन आह्वान गरेको छ ।
FACEBOOK COMMENTS