काठमाण्डौँ — पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२ औं वर्षमा प्रवेश गरेको छ ।
संस्थान ५२ औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।
प्रतिष्पर्धी बन्दै गएका बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरु सामु संस्थानले आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उनले समयसापेक्ष अपडेटेड हुँदै अगाडि बढ्न आग्रह गरे ।
बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिंए ।
FACEBOOK COMMENTS