काठमाडौं, माघ १६ – राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको यस सम्बन्धी सम्झौतामा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले र खल्तीका अमित अग्रवालले हस्ताक्षर गरे ।
सम्झौतापछि करदाताले खल्ती मोवाइल वालेटबाट आन्तरिक राजस्व विभाग अन्तर्गतका सबै राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय करलगायतका सबै प्रकारका सेवा शुल्क सहजै रकम भुक्तानी गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अरू कर तथा राजस्व पनि खल्तीबाटै भुक्तानी गर्न सकिने छ ।
FACEBOOK COMMENTS