काठमाण्डौ, भदौ ९ – राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा.उपेन्द्र कोइराला चयन भएका छन् । बैंक सञ्चालक समितिको बैठकले कोइरालाई अध्यक्षमा चयन गरेपछि यसअघिका अध्यक्ष निर्मलहरि अधिकारी पाखा लगाइएका छन् ।
अधिकारी अर्थ मन्त्रालयको सहसचिवबाट अवकाश हुनासाथ राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका थिए । उनलाई भदौ १ गतेको मन्त्रिपरिषद बैठकले राजश्व बोर्डको सदस्यमा नियुक्त गरेपछि कोइराला अध्यक्ष बन्न लागेका हुन् ।
यसअघि उनी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति थिए । तर, विश्वविद्यालयमा आर्थिक हिनामिना धेरै भएपछि उनलाई प्रवेशमै रोक लगाइएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए ।
प्रा.डा.कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । विश्वविद्यालयको उपकुलपतिबाट हटेलगत्तै फेरि कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरिएको भन्दै सत्तारुढ नेकपामा असन्तुष्टि सुरु भएको छ ।
कोइराला सबैभन्दा बढी राजनीतिक नियुक्ति खाने प्रशासकमा पर्छन् । उनी लामो समयसम्म सिटिईभिटीका कार्यकारी निर्देशक बनेका थिए ।
FACEBOOK COMMENTS