काठमाडौं, चैत ३०- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत९सीईओ० पदमा पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन् ।
यस अघि सोही बैंकमा कार्यरत श्रेष्ठले शनिबारदेखि लागुहुने गरि पदबहाली गरेका हुन । पदबहालीसँगै श्रेष्ठले बैंकको आर्थिक बर्ष २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन ।
बैंक सञ्चालक समितिले उनलाई चैत २९ गतेदेखि लागू हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गरेको थियो ।
बैंकले ७७ जिल्लामा २४० शाखा कार्यालय, २०५ एटिएम र ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS