काठमाडौं, बैशाख ८ – सरकारले लकडाउनका कारण दैनिक ज्यादारी गुमेका श्रमिकहरुले राहत पाउन नसकेमा आफ्ना प्रदेश अनुसार फोकल अधिकारीहरुसँगै सिधै सम्पर्क गर्न आवहान गरेको छ ।
सरकारले एक सूचना जारी गरी त्यस्ता नागरिकहरुका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी तोकेको जानकारी दिएको छ । सरकारले लकडाउनको समयमा राहत प्राप्त गर्न नसकेकाहरुलाई स्थानीय तहहरूसँग समन्वय र सहजीकरण गर्नका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी तोकेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना जारी गर्दै सबै प्रदेशमा फोकल अधिकारी तोकिएको जानकारी दिएको हो ।
सरकारले फेकल अधिकारीका रूपमा प्रदेश–१ मा प्रह्लाद कार्की, प्रदेश– २ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुसाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले तथा सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएका छन् ।
FACEBOOK COMMENTS