हेटौंडा, बैशाख बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको कारण मजदुरहरुले भोकसंग पनि लड्नु परेकोले राहतलाइ प्रभावकारी बनाइ व्यवस्थापन गर्न स्थानीय निकायहरुलाई निर्देशन दिएका छन्। मङ्गलबार धादिङ, दोलखा, रसुवा र काभ्रेपलान्चोक जिल्लाका स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स गर्दै उक्त कुरा बताएका हुन्। ज्यालादारी गर्न नपाएर खान समस्या भएका हुनेलाई प्रथामिकतामा राख्न पनि उनले आग्रह गरेका छन् । पौडेलले राहत वितरणमा प्रतिस्पर्धा गर्ने बिकृति देखिएको भन्दै वितरण प्रणाली एकद्वार गरि व्यवस्थापन गर्न पनि निर्देशन दिएका छन्। हिजोको प्राथमिकता पुर्वाधारहरुमा भएपनि अब रोजगार र उत्पादनमा हुने उनले बताए। “उत्पादनको आधार कृषि क्षेत्र भएकोले वास्तविक किसानलाइ अनुदानमा बिउबिजन, मललगायतका सामग्री उपलब्ध गराईने उनको भनाइ थियो ।
१५ देखि २० लाख युवा अब बिदेश बाट फर्कने भएकोले , उनीहरुलाई पनि रोजगार दिनुपर्ने मुख्यमन्त्रीको धारणा छ। कोरोना संक्रमण रोक्न स्थानीय निकायको भूमिकाको प्रशंसा गर्दै उनले जुन ठाउँको स्रोत र साधन प्रयोग गरेपनि राज्यकै हितको लागि हुने भएकोले स्थानीय सरकारले स्रोतलाई अधिकतम प्रयोग गर्न सक्ने बताए । स्थानिय तहले बाहिरी देशबाट आउने व्यक्ति, उनीहरुसंग संसर्ग भएका ब्यक्ति पत्ता लगाउने काम जारी राख्न आग्रह गर्दै स्वास्थ्य परिक्षणका लागि तयारी हालतमा रहनु पर्ने बताए ।उनले महामारीले दु:ख, समस्या ल्याउने भन्दै स्वास्थ्य सामग्री, खाद्य सामग्री पुर्याउन आबश्यक व्यबस्था सरकारले मिलाउने बताए ।
हामी सबै मिलेर कोरोनालाई पराजित गर्न सक्छौ, एकजुट हौं, मिलौ, हातेमालो गरौ, आत्मबिश्वास, आत्मबल बलियो पारौं भन्ने मुख्यमन्त्रीको भनाइ छ। तत्कालका समयमा पैदलयात्रीहरुलाई खानाको ब्यबस्था गरी गन्तब्यतर्फ पठाउन सहजीकरण गर्न समेत उनको आग्रह थियो। मुख्यमन्त्री पौडेलकले मंगलबार काभ्रेको धुलीखेल नगरपालिका, रामेछापको खाँडादेबी गाउँपालिका, धादिङको निलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङबो गाउँपालिकाा, दोलखाको शैलुङ गाउँपालिका र जिरी नगरपालिकाका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गरेका थिए ।
FACEBOOK COMMENTS