काठमाडौं, वैशाख ३१ – रियलमीको बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी सी११ २०२१’ नेपालमा सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक भएलगतै ‘रियलमी सी११ २०२१’ आज शुक्रबारदेखि नेपाली बजारमा उपलब्ध भएको छ ।
विश्वमा आक्रामक रूपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेष गरी युवा जमातमाझ इन्ट्री लेभल फोनको विगत दृष्टिकोणलाई परिवर्तनगरी शानदार उपस्थिति जनाएको फोनको रूपमा चिनिन्छ ।
‘रियलमी सी११ २०२१’ अन्य रियलमी सी सिरिजका इन्ट्री लेभलको फोन जस्तै बलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रूपमा युवा तथा अधिकांश प्रयोगकर्तालाई मध्यनजर गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
५००० एमएएच ब्याट्री
‘रियलमी सी११ २०२१’ विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको कम्पनीको भनाइ छ । जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्मका लागि टिकाउ रहन्छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ । यसैगरी स्टान्डबाइ रूपमा राखि मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।
‘ मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यतः प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदा समेत अधिकतम ब्याट्री बचत गर्दछ । त्यसैले ब्याट्रीमा चार्ज कम भएको छ तर प्रयोगकर्र्तां चार्ज गर्ने अवस्थामा हुनुहुन्न भने पनि तनाव लिन आवश्यक छैन, बस सुपर पावर मोड अन गर्नुस् र ढुक्क हुनुस्,’ कम्पनीले भनेको छ ।
यसका साथै यसमा सफ्टवेयर अप्टिमाइजेशनका विशेषताहरू पनि रहेको बताइएको छ । जस्तै एपक्वीकफ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउने, स्क्रीन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ, स्लीप स्ट्यान्डबाइ अप्टिमाइजरले फोनलाई न्यून मोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले एक उत्तम स्मार्टफोन ब्याट्रीको अनुभूति यसमा गर्न पाउने छन् ।
६.५ इन्च डिस्प्ले र ओक्टा कोर प्रदर्शन
‘रियलमी सी११ २०२१’ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा प्रयोगकर्र्तांलाई भर्चुअल दुनियाँको गहिरो आनन्ददायी अनुभूति दिलाउँछ । यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटस माथिको उज्ज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रीन बडी अनुपात छ ।
फ्रेमबाहिर विशाल डिस्प्लेमा रहेको छ । ओक्टा कोर प्रोसेसरसँग जोडी मिलेको २ जीबी ड्युल च्यानल एपीडीडीआर ४ एक्स र्याम र २५६ जीबीसम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जीबी स्टोरेज रहेको छ । उच्च श्रेणीको ४ एक्स र्यामको प्रयोग प्रयोगकर्ताका लागि लाभदायी रहने कम्पनीको विश्वास छ । किनभने यसले पावर खपत १७ प्रतिशत कम गरेको छ भने प्रदर्शन १५ प्रतिशतले वृद्धि गरेको छ ।
‘रियलमी सी११ २०२१’ मा एलइडी फ्ल्यासका साथ ८ एमपी पछाडिको क्यामेरा र अति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ एमपी सेल्फी क्यामेरा रहेको छ । वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य त्रिपल कार्डस्लट जस्ता प्रयोगकर्तालाई चाहिने सबै आधारभूत विशेषता यसमा रहेको बताइएको छ ।
कम्पनीका अनुसार ‘तालनीलो’ र ‘फलामे–खैरो’ दुई रङमा उपलब्ध ‘रियलमी सी११ २०२१’ को मूल्य १२ हजार ९९० रूपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS