काठमाडौं, असार ११ – सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले आज १८ हजार मुल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको छ । रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्ड सिरिजमा अनुवृद्धि हो जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् । रियलमी सी३ मुख्य ४ क्षेत्र—प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार हो । सर्वप्रथम, सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चिित गर्दछ । रियलमी सी३ दुई उत्तम कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ । असार १० गतेबाट बिक्री शुरु हुने रियालमी सी३, ३ जीबी र्याम र ३२ जीबी स्टोरेजका साथ रु १६ हजार ९९० मा उपलब्ध हुनेछ । ट्रिपल क्यामेरा गेम मोनिस्टर—रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध छ ।
ट्रिपल एआई क्यामेरा
रियलमी सी३ मा १२एमपी+२एमपी+२एमपी रियर क्यामेरा सेटअप रहेको छ । रियर मुख्य क्यामेरामा एफ१.८ ठुलो अपर्चर र १.२५ पिक्सल साइज रहेको छ । यसले ४ गुना सम्म जुम गर्न सक्छ र अटोफोकस समर्थन गर्दछ । यसले फोटोलाई दिनको उज्यालोमा, कम प्रकाश र अध्यारो वातावरणमा उज्यालो पार्दछ । ४सीएम सुपर म्याक्रो लेन्सले सानो वस्तुहरु खिच्दा अधिक जानकारी दिन्छ ।
रियलमी सी३ मा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिंग जस्ता रोमान्चक विशेषताहरु छन् ।
स्टाइलिस डिजाइन र डिस्प्ले
रियलमी सी३ मा ६.५ इन्च एचडी+ मिनी ड्रप डिस्प्लेका साथै ठुलो डिस्प्ले रहेको छ । यो ठुलो स्क्रिनले फिल्म हेर्दा, गेम खेल्दा वा सामाजिक संजाल चलाउदा अवलोकन अनुभवलाई वृद्धि गर्दछ ।
रियलमी सी३ को रोमान्चक कलर ब्लेजींग रेड र फ्रोजन ब्लुको डिजाइन हट लाभा र कोल्ड ग्लेसियरबाट प्रेरित भएको हो । प्लास्टिक मोल्डमा लागू गरिएको उत्कृष्ट अप्टिकल टेक्सचर पोलिसिंग, रेडियम कार्भिङ्ग र स्यान्डब्लास्टिङ्ग टेक्नोलोजी संयोजन गरेर बनाएको छ ।
बेस्ट—इन—क्लास पर्फमेन्स
रियलमी सी३ ले मिडियाटेक हेलियो जी७० प्रोसेसर प्रदान गर्दछ । यसमा नेटवर्क लेटेन्सीलाई सुधार्न मिडियाटेक गेमिंग टेक्नोलोजी छ । रियलमी सी३ मा १ लाख ९३ हजार भन्दा बढि बेन्चमार्क स्कोर छ जसकारण यस सेगमेन्टमा उत्कृष्ट प्रदर्शन गर्दछे । उच्च स्पिड कनेक्सनका लागि फोनमा डुअल वाईफाईको विशेषता छ ।
रियलमी सी३ मा ट्रिपल कार्ड स्लटका साथ डुअल सिम स्लट र २ सए ५६ जीबीसम्म एक्टेन्ड गर्न मिल्ने डेडिकेटेड एसडी कार्ड स्लट छ ।
रियलमी सी३ ले ०.२७ सेकेण्डमा अल्टा—फास्ट फिंगरप्रिन्ट अनलकिंग मात्र नभएर फेसियल रिकग्निसन पनि समर्थन गर्छ जुन एकै समयमा अनलक गर्न सरल र हाम्रो गोपनियताका लागि सुरक्षित छ ।
विशाल ब्याट्री
रियलमी सी३ मा ठुलो ५ हजार एमएएच ब्याट्री छ जसका साथ ननस्टप मनोरञ्जन लिन सकिन्छ, घण्टौ सम्म कुराकानी गर्न सकिन्छ, यूटुबका भिडियोहरु प्रवाह गर्न, गीतहरु सुन्न, गेम खेल्न सकिन्छ । यसले रिभर्स चाजिंग पनि समर्थन गर्दछ जसले पावर बैंक जसरी नै अन्य उपकरणहरुलाई चार्ज गर्दछ ।
रियलमी युआई अप्डेटका साथ रियलमी सी३
रियलमी सी३ यूआईका साथ एन्ड्रोइड १० मा आधारित छ । रियलमी यूआई अधिक र एन्ड्रोइड अनुभवको नजिक पुग्नका लागि राम्रोसंग निर्मिते छ ।
प्रयोगकर्ताका अनुभवलाई बढाउन रियलमी यूआईमा ४ कस्टुमाइज्ड् ट्रेन्डी फंसनको विशेषता रहेको छ ;
फोकस मोड
फोकस मोड खोल्दा प्रयोगकर्तालाई बाहिरी दुनियाबाट अलग गर्न मद्दत गर्दछ र लगातार आरामदायी संगीत बजाउछ । यसले डीएनडी अन गर्दछ र नयाँ नोटिफिकेसन आउन रोक गर्दछ ।
डुअल मोड म्युजिक शेयर
दुईजना प्रयोगकर्ताहरुले एकै समयमा एउटै उपकरणबाट भिडियो वा गीत हेर्न÷सुन्ने कोशिस गर्दा निकै उपयोगी छ । रियलमी सी३ मा एकैसाथ वायरलेस इयरबड र वायर्ड इयरफोन कनेक्ट गर्न सकिन्छ जसले एउटै रियलमी स्मार्टफोनबाट दुईजना व्यक्तिले एउटै गीत सुन्न सक्छन् ।
थ्री फिंगर स्क्रिनसट गेस्चर
स्क्रिनसट लिनका लागि ३ वटा औंलाको प्रयोग गरेर, स्क्रिन प्रेस र होल्ड गरेर स्क्रिनको छनौट गरिएको भाग क्याप्चर गर्न सकिनेछ ।
व्यक्तिगत जानकारी संरक्षण
रियलमी यूआईले प्रयोगकर्ताको गोपनियता संरक्षण गर्ने लक्ष्य राख्दछ ।
लाइट, फास्ट र पावर सेभिंग विशेषता र ट्रेन्डी फंसन
रियलमी यूआईले नवीनतम एन्ड्रोइड १० अनुसरण गर्दछ । लाइट, फास्ट , पावर सेभिंग, फ्लुएन्सी जस्ता विशेषताहरु छन ।
FACEBOOK COMMENTS