काठमाण्डौँ — रिलायन्स फाइनान्स लिमिटेड ९ औं वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको छ ।
यसै उपलक्ष्यमा ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्नवर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूका लागि सहयोग गरी सामाजिक कार्यमा सहभागिता जनाएको छ ।
काठमाडौं नपा–२१ ज्याबहालस्थित नवयुग माध्यमिक विद्यालयका निम्न आय भएका गरिब विद्यार्थीहरूलाई ड्रेस तथा स्टेसनरी वितरण गर्ने तथा काठमाडौं जिल्ला सलम्बुटार साखु, काठमाडौंस्थित द्वन्द्व पीडित तथा अपांग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्तमनस्थिति भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
FACEBOOK COMMENTS