काठमाडौं, वैशाख ९ । रिलायन्स फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिँदै छ ।
सोहीकारण, फाइनान्सले दिने लाभांस सुरक्षित गर्न आज सम्म कम्पनीको सेयरधनी हुनुपर्छ । वैशाख १० गते एक दिनका लागि कम्पनीले बुक क्लोज गर्ने बताएको छ ।
फाइनान्सले प्रस्ताव गरेको लाभांस पारित गर्न वैशाख २२ गते एघारौं वार्षिक साधारण सभा डाकेको छ ।
FACEBOOK COMMENTS