काठमाडौं, चैत २४ – रिलायन्स फाइनान्स लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० सम्मको बुझि नलिएको नगद लाभांश लिन शेयरधनीलाई अनुरोध गरेको हो ।
कम्पनीले उक्त लाभांश लिन हालसम्म पनि नआएका शेयरधनीलाई सूचना प्रकाशित गरेको १ महीनाभित्र कम्पनीको केन्द्रिय कार्यालय वि.जे भवन प्रदर्शनी मार्ग, काठमाडौंमा आवश्यक कागजात सहित सम्पर्क राख्न भनेको छ ।
साथै, उक्त अवधिमा लाभांश लिन नगएमा सो लाभांश कम्पनी संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS