काठमाडौं, भदौ १८ – हालै मात्र ६३,००,०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारको रुपमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
नियुक्त भएसँगै अब रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ ।