काठमाण्डौँ – एन आई सी एशिया बैंक लिमिटेडले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
त्यस सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।
FACEBOOK COMMENTS