काठमाडौं, ३ वैशाख । एनएमबि क्यापिटलले आज रु रु जलविद्युत् परियोजनाको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको विक्री प्रबन्धक समेत रहेको एनएमबि क्यापिटलको कार्यालयमा आज शुक्रबार बिहान आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो । त्यसमध्ये ८ हजार ५३५ वटा आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ वटा आवेदन स्वीकृत भएका छन् ।
स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको छ । कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
FACEBOOK COMMENTS