काठमाडौँ — पर्वतमा रुख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ ।
प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रुख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो ।
मन्त्रिपरिषद्ले रुख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माणकार्य रोकिएको छ ।
२०७४ पुस १३ गतेको मन्त्रिपरिषद् बैठकले ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २.५८ हेक्टर जग्गा भोगाधिकार र चार हजार २०८ वटा रुख काट्नका लागि अनुमति दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय एक वर्षसम्म कार्यान्वयन नहुँदा वन क्षेत्रमा टावर बनाउने र तार तान्ने काम गर्न समस्या परेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।
आयोजनाबाट म्याग्दीको ११ वटा सामुदायिक वन क्षेत्र प्रभावित छन् ।
म्याग्दीमा ४७७ ठूला रुख र ९८१ साना बिरुवा काट्नुपर्ने जनाइएको छ ।
११४ वटामध्ये हालसम्म ८१ वटा टावर निर्माण भएको छ ।
— कारोबार
FACEBOOK COMMENTS