काठमाडौं, कार्तिक २४- जिल्ला अदालत काठमाडौंले पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतमा आज भएको बहसपछि अदालतले छोरी सुरुचिसहित रुप ज्योतिलाई थप ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।
यस अघि शुक्रबार जिल्ला अदालत काठमाडौंले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका बाउछोरीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको थियो । तीन दिनको म्याद शनिबार सकिएपछि उनीहरुलाई आइतबार दोस्रो पटक म्याद थपका लागि अदालत पुर्याइएको थियो।
बिहीवार सिल्क एयरको विमानबाट साँझ साढे ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल उत्रेका उनलाई विमानबाट उत्रेको केही समयमा नै परिसर र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।
हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो।
FACEBOOK COMMENTS