काठमाण्डौ, भदौ ९ – चीनले स्वीकृति अघि नै कोरोनाविरुद्धको भ्याक्सिन आपतकालीन प्रयोगको अनुमति दिएको छ। यो भ्याक्सिन चीनकै एक कम्पनीले बनाएको हो।
एक चिनियाँ अधिकारीका अनुसार भ्याक्सिन प्रयोगको अनुमति भ्याक्सिन म्यानेजमेन्ट कानुन अन्तर्गत दिइएको हो। यस कानुन अनुसार स्वीकृति मिल्नु अघि नै भ्याक्सिन संक्रमणको उच्च जोखिमा रहेका मानिसलाई दिन सकिनेछ।समाचार अनुसार चीनमा जुलाईदेखि नै यो भ्याक्सिन मानिसलाई दिन थालिएको हो। यसअघि रुसले आफ्नो भ्याक्सिन ‘स्पुतनिक-५’ को तेस्रो चरणको परीक्षण पूरा हुनुअघि नै दर्ता गराएको थियो। यति मात्रै होइन यो भ्याक्सिन विदेश निर्यातको तयारी पनि गरिसकेको छ।
चीनमा कोरोना भ्याक्सिन उत्पादन टास्क फोर्सका प्रमुख झेङ्ग झोङ्गवेले भने, भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिइएको छ। तर यसका लागि बचाउ योजना पनि तयारी अवस्थामा राखिएको छ। हामीले यसका लागि कयौँ वैकल्पिक योजना बनाएका छौं। यसमा चार महत्वपूर्ण कुरा समावेश छन्।
पहिलो : सम्बन्धित व्यक्तिको अनुमति लिएर मात्रै यो भ्याक्सिन लगाइनेछ।
दोस्रो : साइड इफेक्ट रोक्न लगातार अनुगमन गरिनेछ।
तेस्रो : यदि साइड इफेक्ट भएमा कसरी सुरक्षित राख्ने भन्ने हामीसँग तयारी योजना छ।
चौथो : क्षतिपूर्ति योजना अन्तर्गत कुनै नोक्सान भएमा भरपाई गरिनेछ।
झोङ्गवेका अनुसार एक महिना अघि नै जुलाई २२ का दिन आधिकारिकरुपमा कोभिड-१९ भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि लन्च गरिएको छ। यस क्रममा परीक्षण पनि जारी राखिएको थियो। जुन मानिसमा यो भ्याक्सिन हानिएको थियो उनीहरुमा यसको असरको थोरै संकेत मिलेको उनले बताए। तर कसैलाई पनि ज्वरो भने आएको थिएन।
FACEBOOK COMMENTS