काठमाडौं,माघ ९- नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर(रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ ।
बि—सेगमेन्टका गाडी खरिद गर्न चाहने ग्राहकरुको लागि कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले २८ लाख २० हजारको आकर्षक मूल्यमा उक्त कार सार्वजनिक गरिएको हो ।
रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन ।
के-के छ विशेषता ?
रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधासम्पन्न सवारी साधन हो । रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् ।
रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधासम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ । यसमा ३० भन्दा बढि उत्कृष्ट विशेषताहर जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्क्रीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ ।
रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन पनि छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरी कुल मेन्टेनन्शको खर्च कम गर्ने कम्पनीको दाबी छ । रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ ।
FACEBOOK COMMENTS