काठमाण्डौँ — माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनी बीच ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धि त्रि–पक्षीय सम्झौता भएको छ ।
सोही सम्झौता बमोजिम चैत्र २५ गते एक कार्यक्रमको आयोजना गरी ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको शुभारम्भ भएको छ ।
यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स र ई–पेमेन्ट माध्यम हो ।
अब विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुका अतिरिक्त बैंकका ग्राहकहरु र सम्पूर्ण सर्वसाधरणले उक्त मोबाइल वालेटको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS