काठमाण्डौँ — माग संख्याभन्दा कम उत्तीर्ण भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सबै स्थानीय तहमा रोजगार संयोजक पठाउन नसक्ने भएको छ ।
सोमबार प्रकाशित नतिजा अनुसार मन्त्रालयले ५ सय २१ स्थानीय तहमा मात्रै रोजगार संयोजक पठाउने भएको हो ।
मन्त्रालय ७ सय ५३ वटै स्थानीय तहका लागि रोजगार संयोजकको माग गरेको थियो।
जसमध्ये ५ सय २१ जना मात्रै उत्तीर्ण भए।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि श्रमले रोजगार संयोजकको परीक्षा लिएको थियो।
प्रदेश ५ मा मात्रै सबै स्थानीय तहका लागि पुग्ने जनशक्ति उर्तिण भएको प्रधानमन्त्री रोजगार कार्यत्रमका प्रमुख प्रकाश दाहालले बताए ।
उनले जनशक्ति भर्ना प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले गरिएको बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS