काठमाडौं, ५ जेठ-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले रोजगारी गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् ।सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव राखेका हुन् ।
मुलुकलाई रोग र भोकबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु ।’
मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउन सांसद कार्कीले सुझाव दिए । नेता कार्कीले अमेरिकी सहयोग नियोग ९एमसीसी० लाई सत्तारुढ दलभित्रको विवादको विषय बनाउन नहुने पनि बताए । ‘एमसीसी चाँडै सदनमा पेश हुनेछ र घनिभूत छलफल हुनेछ’ उनले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसक्ने बताए ।‘अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रित हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ ।’
FACEBOOK COMMENTS