भक्तपुर, चैत्र २१ – मुलुक लकडाउन भएको आज एघारौ दिन पुगेको छ । यस विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी गरेर जिवन गुजारा गरिरहेका सुर्य विनायक नगरपालिका वार्ड न.५ मा अस्थायी बसोबास गरी रहेका ५० जना श्रमिकहरुको पहिचान गरि उनीहरुलाई एक परिवारको लागी १ महिनाको राशनको सहयोगको शुरुवात गरिएको छ ।
वडा कार्यालयको समन्वयमा रोटरी क्लब अफ भादगाँउका संस्थापक अध्यक्ष मनोज कुमार कँडेल र ५ न. वडाका सदस्य बासुदेव पोख्रेलले संयुक्त रुपमा आज चैत्र २० गते बाट वितरणको शुरुवात गरेका हुन ।
रोटरी क्लब अफ भादगाँउको आर्थिक सहयोगमा वितरित राहत प्याकेज अन्तर्गत एक परिवारको लागी चामल ३० केजी , दाल ३ केजी, नुन २ पाकेट, तेल २ लिटर, मस्यौरा १ केजी, चिनी १ केजी र साबुन ३ पिस उपलब्ध गराइने रोटरी क्लवका संस्थापक अध्यक्ष मनोज कुमार कँडेल जानकारी दिए ।
यस कार्यक्रमलाइ विस्तार गर्दै मुख्यतयः विरामी, सुत्केरी र बुढाबुढी रहेको र दैनीक ज्यालादारी गरि खाने श्रमिकहरुको पहिचान गरेर वितरण गरिने कँडेलले जनाए ।
FACEBOOK COMMENTS