मदन तिमल्सेना,
साउन २९ – विश्व युवा दिवसको अवसर परेर तनहुको दमाैलीमा रोट्याक्ट क्लब अफ दमाैलीले रोट्याक्टरहरुलाई लिडर सीप तालिम दिएको छ । उक्त तालिम रोटरी डिस्ट्रिक को चेयर रोटरियन हरिसिंङ गुरुङले युवाहरुलाई लिडरसिप तालिम दिएका थिए ।
उनले युवाहरुको भुमिका कस्तो हुनुपर्ने र जनसमुदाय तथा राष्ट्रिय स्तरका विकास निर्माण देखि लिएर नीति तथा कार्यक्रममा आआफ्नो सहभागीता जनाउनु पर्ने बताउनुका साथै पहिलेको रिलवाला क्यामरा र अहिलेको डिजिटल क्यामराको उदाहरण पेश गर्दै युवाहरु समय अनुसार चल्न नसक्ने हो भने धेरै पछाडि पर्ने बताए।
रोट्याक्ट क्लव अफ दमाैलीका २०२०/२१ अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षयतामा भएको कार्यक्रममा रोटरी क्लब अफ दमाैलीका २०२०/२१ का अध्यक्ष दामोदर भण्डारीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम रोट्याक्ट क्लव अफ दमाैलीका सचिव विश्व भुसालले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा सहभागी रोट्याक्टर अनुज बिमलीले यस्तो प्रकारको कार्यक्रमले युवाहरुलाई उर्जा दिने र सामाजिक सेवा गर्न उत्प्रेरित गर्ने बताए ।
FACEBOOK COMMENTS