काठमाडौं, माघ २६- नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा. लिले शनिबार “सर्भिस राइड २०२०” ¥यालि आयोजना गरेको छ । ¥यालि बालाजु स्थित रोयल इन्फिल्ड मोटरसाइकलको शोरुमबाट सुरु गरी डि लेक साइड होटल सिम्लाङ्ग, मार्खुमा सम्पन्न गरेको थिए ।
राइडरहरुले आफ्नो रोयल इन्फिल्ड मोटरसाइलको मर्मत र हेरचाह कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन रोयल इन्फिल्डका कनक् जम्मरले गरेका थिए । ¥यालिमा ४५ रोयल इन्फिल्ड मोटरसाइकलमा लगभग ५५ राइडरहरुको सहभागिता रहेको थियो । ¥यालि नेतृत्व रोड क्याप्टेन रमेश अवालेले गरेका थिए ।
कार्यक्रममा एसेम्ब्लीवार र बकेट ¥यालीजस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरीएका थिए । धर्म राज राई, उमेश भन्डारी, सुसील भन्डारी, सुजन बलामी र निशान खनाल एसेम्ब्लीवार खेलका बिजेता भए । बकेट ¥यालीखेलमा भने रुपेश मानन्धर, बिजय भट्टराई, म्येगुन श्रेष्ठ, सुजन बलामी र निशान खनाल बिजयी भए । बिजेताहरुलाई विवेक अटोमोवाइलस् प्रा. लि. अन्र्तगतको रोयल इन्फिल्ड नेपालका पार्टस म्यानेजर पुष्पराज पौडेल र सर्भिस म्यानेजर अजिङ्क्य वाल्सेले मेडल पहिराइ सम्मान तथा बधाई ज्ञापन गरेको थिए ।
FACEBOOK COMMENTS