काठमाडौं, वैशाख ७ – चितवनमा आयोजित एक कार्यक्रमका बिच धुर्मुश सुन्तली फाउन्डेशनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला रंगरोगनका लागि भरतपुरमा रहेको रोयल पेन्टस प्रा.ली. ले बिभिन्न किसिमका आफ्ना उत्पादनहरु सहयोग गरेको छ । कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले चितवनमा बन्दै गरेको रंगशालाले चितवनको समग्र आर्थिक अबस्थामा ठुलो टेवा पुग्ने बताए ।
सम्पुर्ण नेपालीको सान यस गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाले सम्पुुर्ण प्रेमी नेपालीमा पुन एक पटक आशा पलाएको र धुर्मुश सुुन्तली फाउन्डेशनद्वारा निर्माणाधिन गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशालासंग सधैं हातेमालो गर्दै अघि बढ्न चाहेको बताउदै रोयल पेन्टसका संचालक प्रमेशवर भण्डारीले गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशालाले आफना उत्पादन प्रयोग गर्दै गर्दा आफुुहरुलाई थप उत्साह थपेको पनि बताए ।
रोयल पेन्टसका बजार प्रर्बधक समेत रहेको पुर्व मिस नेपाल २०१८ कि बिजेता रहेकी श्रृङ्खला खतिवडाले पनि रंगशाला निर्माण कार्यमा जुटेका धुर्मुश सुन्तली फाउन्डेशनका सम्पुर्ण टिमको मुक्तकंठले प्रशंसा गर्दै रंगशाला निर्माण कार्यमा सदैब आफनो साथ र सहयोग रहने बताउदै आफु बजार प्रवर्धक रहेको रोयल पेन्टसले गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला रंगिदै गर्दा खुशीको सिमानै नरहेको बताइन् ।
कम्पनीका नेशनल सेल्स मेनेजर बिक्रम खतिवडाले खुुशि बाढ्दा बढ्छ खुुशि भन्दै आगामि दिनहरुमा पनि उद्योगले यसतै किसिमका सहयोगलाई जारी राख्दै आफना गुुणस्तरीय उत्पादनले सम्पुुर्ण नेपालीको मन जितेर अघि बढ्ने पनि बताए ।
कार्यक्रममा रोयल पेन्टसका डाईरेक्टर द्वोय कृष्णराज भण्डारी र प्रकाश के.सि.को समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण चिरन्जिबि पाण्डे गरेका थिए ।
FACEBOOK COMMENTS