काठमाडाैं, माघ १८ – नेपालमा उद्यमशिलता र रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको पहिलो ब्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससले आफ्नो एप सार्वजनिक गरेको छ ।
रोलिङ नेक्ससको एप्लिकेसन आइओएस र एन्ड्रोइड दुबै फोनमा उपलब्ध रहको छ । नयाँ सम्भावनाहरुको सञ्जाल भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको रोलिङ नेक्सस डट कमले मुख्यगरि दक्षता अभिवृद्धि र रोजगारी सिर्जना तथा प्रवद्र्धनको अवधारणामा रहेर काम गरिरहेको छ ।
रोलिङ नेक्ससको मूल उद्देश्य उद्यमशीलता र ब्यवसायिकता वृद्धि रहेको कम्पनी निर्देशक निशा केसी जंगमले बताइन् । रोलिङ नेक्ससले जब, टेन्डर, फ्रिलान्स, इभेन्ट, छलफल र क्याटगरि विभिन्न ६ डिजीटल प्लेटफर्ममा रहेर सेवा दिइरहेको छ ।
FACEBOOK COMMENTS