अन्जनराज न्यौपाने/तनहुँ वैशाख २६ -तनहुँ जिल्लाका विभिन्न स्थानहरूमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउने ५सय१९ सवारीसाधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ। यो संख्या चैत्र ११ गते यताको हो । जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल मनकामना गण र नेपाली सेनाले कम्वाईन डिउटी गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले जनाएका छन् ।
ट्राफिक प्रहरी प्रमुख अधिकारीले नेपाल सरकार गृह मन्त्रालय ,जिल्ला प्रशासन कार्यालय र सुचना तथा संचार मन्त्रालयले स्वीकृति दिएको सवारीसाधन अनुमतिपत्र पास लिई सवार गरेका सवारीसाधनहरुलाई सवारी आगमन गर्न दिईएको जानकारी दिए।यस्तै गाँउपालिका ,नगरपालिका र वडाले समेत सवारीसाधन अनुमतिपत्र पास बनाएर सवारीसाधन चलाउने उपर कार्वाही गरिएको र कतिपय सवारी चालकहरूलाई सम्झाई बुझाई फर्काउने काम गरिएको अधिकारीले बताए।यसैगरी शारीरिक रुपले अशक्त भई सवार गर्ने बृद्ध,बालबालिका , नियमित औंषधी सेवन गरिरहनुपर्ने अवस्थाका दिर्घ रोगीहरुकालागि वैकल्पिक सवारीसाधन समेत व्यवस्था गरि उनीहरुलाई घरसम्म पुर्याउने व्यवस्था मिलाईएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए।
‘जिल्लाका विभिन्न स्थानहरूमा विना काममा अत्यावश्यक काम बाहेक हिडडुल गर्न रोक लगाएको थाहा हुदाहुदै पनि अटेर गरि मोटरसाइकल ,स्कुटी र अन्य सवारीसाधन प्रयोगगरि लकडाउनको उल्लंघन गर्ने र निश्चित व्यक्तिको नाममा जारी गरिएको सवारी पासको दुरुपयोग गरि अर्को व्यक्तिले चलाउने उपर जरिवाना सहित कार्वाही गरिको छ’ अधिकारीले भने।
‘जिल्लाका प्रमुख नाकाहरु आँबुखैरेनी, पुर्कोट, डुम्रे दमौली, थर्पु, भिमाद, बेलचौतारा ईलाका ट्राफिक प्रहरी चेकपोस्टहरुमा सवारी आगमनमा शुक्रबार देखि झनै कडाइ गरिएको छ।खाद्यान्न बोकी सवार गर्ने ट्रक, ,मट्टीतेल र पेट्रोल बोक्ने ट्याङकर, ऐम्बुलेन्स, विरामी बोक्ने प्रईभेट सवारी साधनहरु अत्यावश्यक सवारीसाधनलाई ब्यवहारिकता हेरि सवार गर्न दिईएको छ, यसरी लकडाउनलाई मध्यनजर गरी जिल्लामा चेकजाच व्यवस्था कडा पारिएको छ’ अधिकारीले बताए।
जिल्लामा अत्यावश्यक सेवाका लागि भनेर छिटफुट रुपमा बजार खुलेका छन् र सामान खरिद गर्न बजार निस्कदा कोरोनाको विषयमा गरिएको माईकिङलाई बेवास्ता गरि अत्याधिक भिड जम्मा गरि अटेर गर्ने, होहल्ला गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए।
उनले अत्यावश्यक काम बाहेक विनाकाममा घरवाहिर नजान अपिल गरिएको समेत बताए ।
FACEBOOK COMMENTS