काठमाडौं । उपत्यकामा कोरोना संक्रमित फेरी फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा भक्तपुरका दुई जना २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् । भने काठमाडौंमा एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुको थप विवरण खुलाइएको छैन । यसअघि काठमाडौंमा ५ जनामा कोरोना पुष्टि भएको भएपनि उनीहरु निको भइसकेका थिए ।
FACEBOOK COMMENTS