काठमाडौं, बैशाख २५ सरकारले अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएपछि खुल्न पाउने र नपाउने क्षेत्र निर्धारण गरेको हो ।
बैठकले लकडाउन सर्तसहित केही खुकुलो बनाएको हो। सर्त सहित केहि क्षेत्रको लकडाउन खुकुलु भएपनि विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सैलुन, ब्युटीपार्लर, होटल, रेष्टुरेन्ट र बारमा भने प्रतिबन्ध कायम नै राखेको छ। गैर खाद्य मल, सिनेमा हल, केबलकार र सार्वजनिक यातायात, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेलासमेत बन्द नै हुनेछ। योबाहेक जिम तथा अन्य फिटनेस सेन्टरहरू समेत खुला गर्न पाइने छैन ।
त्यस्तै, १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन ।
FACEBOOK COMMENTS